समुदाय भनेको आफ्नो सामाजिक-आर्थिक र सांस्कृतिक एकरूपताको आधारमा हो : सन्दर्भ एनएसिसी (न्याक)

बिजय बगाले । भर्जिनियामा निर्माण हुन लागेको नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC) आजबाट धार्मिक एवं बैधिकरुपबाट कलश यात्रा प्रारंभ गर्दै, निर्माण कार्यको शुरुवात गरेको छ ।

लगभग एक बर्ष भित्रमा निर्माण कार्य सम्पन्न हुने योजना छ । ठूलो लगानीमा निर्माण सम्पन्न हुन लागेको यो सामुदायिक भवनको महत्व पनि त्यत्तिकै ठूलो छ ।

भनिन्छ, समुदाय भनेको साझा जीवन जिउने सामाजिक प्राणीहरूको समुह हो । जसमा,अनन्त विविधता र जटिल सम्बन्धहरू हुन्छन्न । जुन भाव साझा जीवनबाट मात्र प्राप्त गर्न सकिन्छ । हुन पनि सामुदायमा देखिएको यो आजको उत्साहले पनि त्यही देखाउॅंछ । निकै ठूलो संख्यामा उपस्थित सबै दाजु-भाई र दिदी-बैनीहरुमा त्यो,एक किशिमको खुशि देखिन्थ्यो ।

हामी जहाँ र जुन ठाउॅंमा रहे पनि नेपाली हौ । हाम्रो यहाँ निश्चित क्षेत्रको अर्थ त्यो सीमाना र घेरा मात्र हैन । आफु रहेको क्षेत्रमा विशेष सामाजिक-आर्थिक, धार्मिक र सांस्कृतिक विशेषता उजागरत गर्न प्रयास गर्नु पनि एउटा ठूलो उपलब्धि हो । मानव जातिले एउटा ठाउँबाट अर्को ठाउँमा जानु पर्दा त्यो ठाउँलाई प्राथमिकता दिने मानव जातिको परम्परागत विशेषता पनि हो । यसरी क्रमशः कुनै क्षेत्रमा बसोबास गर्ने मानिसहरुको समानता र निकटताका आधारमा त्यसलाई सम्पूर्ण समुदाय,क्षेत्रको सङ्केत गर्नुले नै समुदायको खोजि हुने गर्छ । भन्दा-भन्दै जोड्न मन लाग्यो “यो मन त मेरो नेपाली हो” ।

समुदाय भनेको आफ्नो सामाजिक-आर्थिक र सांस्कृतिक एकरूपताको आधारमा हो ।

छोटोमा सामुदायिक भावनाको अर्थ सदस्यहरू बीचको अन्तरक्रिया र आपसी सम्बन्ध हो । यसबाट सदस्यहरूले एकअर्काप्रति उत्तरदायित्व महसुस गर्छन र सार्वजनिक तथा सामुदायिक जिम्मेवारी पनि महसुस गर्छन । यसरी नै समुदायमा “हामी” को भावना व्याप्त हुन्छ । “हामी” भावनाको कारण, मानिसहरू एक अर्कासॅंग नजिक हुने स्वभाव पनि झलकिन्छ र एक अर्कामा निर्भर पनि । त्यसैले,समाजमा समानता देखिनु स्वभाविक हो । आजको भर्जिनियाको उपस्थितिले पनि त्यो संकेत गर्दछ ।

म, हैन “हामी” भन्न सक्नुको मज्जा बेग्लै छ ।

नोट- कृपया (NACC) को सदस्य बन्न छुटनु भएको भए यथासक्य जोडिन प्रयास गर्नुहोला ।

लेखक बिजय बगाले, भर्जिनियाका सामाजिक अभियन्ता हुनुहुन्छ ।

https://www.enepalese.com/2023/05/388110.html