न्याकद्वारा डिसी क्षेत्रमा दशैँ तिहार महोत्सव २०२३ -सांस्कृतिक कार्यक्रम सहितको देउसी भैलो मनाइदै

अमेरिकाको डिसी क्षेत्रको भर्जिनियामा दशैँ तिहार महोत्सव २०२३ -देउसी भैलो कार्यक्रम मनाइने भएको छ । आगामी नोभेम्बर ५ का दिन आइतबार उक्त कार्यक्रम भर्जिनियाको हे मार्केट नामक शहरमा आयोजना हुने कार्यक्रमको समन्वयव गर्दै आउनु भएकी बिना खड्का लामाले ईनेप्लिजलाई बताइन ।

उक्त कार्यक्रममा उनले सबैलाई चूलो निम्तो यसै मार्फत दिएकी छिन । उक्त दशैँ तिहार महोत्सव २०२३ -देउसी भैलो कार्यक्रममा सांस्कृतिक कार्यक्रम,सदस्यहरुलाई सम्मान ,बिभिन्न खानाका परिकार तथा मनोरंजन तथा केही परम्परागत वस्त्रहरुका समेत प्रदर्शन गरिने भएको छ ।

कार्यक्रम दिउसो १ बजे देखि राती ९ बजे सम्म गरिने छ । कार्यक्रम स्थल 6100 Antioch road ,Haymarket ,VA 20169 मा गरिने छ ।

बिस्तृत जानकारी लिन प्रेम पौडेल,लेखनाथ अधिकारी ,चन्द्र लामा ,रञ्जन अधिकारी तथा मन्दिर मैनालीसंग सम्पर्क गर्न सकिने छ । उक्त कार्यक्रममा स्थानीय कलाकारहरु सहित बिभिन्न पेशामा रहेकाहरुले आफ्नो प्रस्तुति समेत गर्ने भएका छन् ।

यो कार्यक्रमको आयोजना नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक)ले गर्नेछ भने हेरक बर्ष मनाउदै आएको यो कार्यक्रम हो । यो कार्यक्रममा प्रवेश नि:शुल्क राखिएको छ भने यस दिन न्याकका सबै सदस्यहरुलाई मायाको चिनो ( टोकन अफ लव ) प्रदान गरि हुनाले उक्त मायाको चिनो लिन सबैलाई आह्वान गरिएको छ ।

यो कार्यक्रम न्याकका सदस्यलाई मात्र केन्द्रित नगरी यस क्षेत्रमा बसोबास गर्न सबै समुदायको लागि आयोजना गरिएकोले सबैलाई स्वागत गरिने आयोजकले बताएका छन् । नेपाल आइडल र द भ्वाईस अफ नेपालमा सहभागी हुनु भएका कलाकार तथा स्थानीय कलाकारहरुको बिशेष प्रस्तुति हुने हुनाले समुदायलाई पनि नचाउने कार्यक्रम रहेको छ ।

यस कार्यक्रमको लागि दुई वटा ध्वजा(ब्यानर) प्रायोजन गर्ने जेन ट्राभल्सलाई बिशेष धन्यवाद दिदै यस क्षेत्रमा स्थापना भएका गैर मुनाफा सामाजिक संस्थाहरुलाई सहभागी हुन् बिशेष अनुरोध गरिएको छ ।

source: https://www.enepalese.com/2023/10/405842.html