श्री कृष्णजन्माष्टमी 2024!

श्री कृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!

नेपालीहरुको महान चाड श्री कृष्णजन्माष्टमी को शुभ अवसरमा यहांहरु सम्पूर्णमा सुख, शान्ति, समृद्धि एवं उन्नति र प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना !

साथै यही अगष्ट 26 तारिकमा आयोजना हुने प्रवचन, पूजा आरधना र भजन कीर्तनमा देहाय बमोजिम उपस्थित हुनुहुन सवै भक्तालुहरुलाई हार्दिक अनुरोध गरिन्छ । भाद्र कृष्ण अष्टमीका दिनमा हरेक साल हिन्दू धर्मावलम्बीले धुमधामसंग मनाउने पर्व श्री कृष्णजन्माष्टमी भगवान कृष्णको शुभजन्मोत्सवको दिन हो । श्रीकृष्णलाई भगवान विष्णुको आठौं अवतारको रूपमा पनि मानिन्छ । श्रीकृष्णले गीतामा भन्नुभएको छ- “जब जब पृथ्वीमा धर्मको नाश हुन्छ, तबतब मैले अवतार लिएर धर्मको रक्षा गर्नेछु ।”

स्थानः Best Western Hotel, 8640 Mathis Ave, Manassas VA 20110
मिति र समयः Monday, August 26 at 5:00 PM

प्रार्थीः
नेपाली अमेरिकन सामुदायिक केन्द्र